शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२९ |सिड्नीको समय: २०:२९ |काठमाडौंको समय: १६:१४

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 

एएनजेड खबरमार्च ९, २०२३

नौ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। उनले २१४ सङ्घीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए पछि  ३३ हजार ८०२ मत भार ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार  सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत भार प्राप्त गरे। नेम्वाङलाई एमालेको मात्रै मत खसेको थियो। 

पौडेलले  नेम्वाङलाई पराजित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति बनेका हुन्। उनलाई  १० दलको समर्थन रहेको थियो । 

राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मत भार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मत भार ) सांसदले मत दिएका थिए।

तपाइँको प्रतिक्रिया