शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:०२ |सिड्नीको समय: २०:०२ |काठमाडौंको समय: १५:४७

नेपालले पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्यो

एएनजेड खबरमार्च ९, २०२३

आइसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले पराजित गरेको छ।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ४५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। पिएनजीलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ३७ रन दिए।

दिपेन्द्र सिंह ऐरिले २ र कुशल मल्लले एक विकेट लिए। पीएनजीका ओपनर टोनी उरा ५० रनमा क्याच आउट भए। कप्तान असद भाला ४२ रनमा क्याच आउट भए। किपलिन डोरिगा २६ र रिले हिकुरेले २० रन थपे। चाल्र्स आलिमी १४, हिरिहिरी ८, सेसे बाउ ३ र चाड सोपर शुन्य रनमा आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भएको थियो।

नेपालले अब बाकि तीन खेल जितेमा विश्वकप छनौट यात्रा तय गर्नेछ।

तपाइँको प्रतिक्रिया