शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:५१ |सिड्नीको समय: २०:५१ |काठमाडौंको समय: १६:३६

राष्ट्रपति निर्वाचनको मतगणना संसद् भवनमा सुरु 

एएनजेड खबरमार्च ९, २०२३

राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।संघीय संसद् भवनमा अपराह्न ४ बजे मतगणना सुरु भएको हो । मतगणनाको परिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। बिहान १० बजे देखि ३ बजेसम्म भएको निर्वाचनमा ८३२ मत खसेको आयोगले जनाएको छ।

राप्रपा र नेमकिपाले निर्वाचन प्रक्रियामा भाग लिएनन् भने प्रतिनिधि र प्रदेश सभाका ५१ सांसद मतदान प्रक्रियामा सहभागी भएनन्।

तपाइँको प्रतिक्रिया