शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:१५ |सिड्नीको समय: १५:१५ |काठमाडौंको समय: ११:००

रास्वपा थपिएपछि रामचन्द्र पौडेलको पक्षमा १० दलको समर्थन 

एएनजेड खबरमार्च ९, २०२३

 राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा १० दलको समर्थन रहेको पुष्टि भएको छ। आज बिहान मात्रै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको  बैठकले राष्ट्रपतिका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेपछि सत्ता पक्षीय गठबन्धनको संख्या बढेको हो। 

यसअघि नेपाली काँग्रेस लगायत नौ दलीय गठबन्धनकाको तर्फबाट साझा उम्मेदवार बनेका पौडेलले राष्ट्रपतिको लागि उम्मेदवारी दिएका थिए। आज राष्ट्रपति चयनको लागि मतदान भइरहेको छ। निर्वाचन आयोगले अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। 

नौ दलीय गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा थिए। आज राष्ट्रपतिको निर्वाचनमा गठबन्धनकै पक्षमा मतदान गरेपछि रास्वपा पनि थपिएसँगै गठबन्धनको संख्या १० पुगेको हो । 

तपाइँको प्रतिक्रिया