शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:३१ |सिड्नीको समय: ०१:३१ |काठमाडौंको समय: २१:१६

नेपालले पपुवा न्यु गिनीलाई २९८ रनको विशाल लक्ष्य दियो

एएनजेड खबरमार्च ९, २०२३

आइसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपाल ४९.१ ओभरमा अलआउट हुँदै २ सय ९७ रन बनाएको हो।

ओपनर आशिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। ११० बल सामना गरेका आशिफले १२ चौका र २ छक्का हान्दै ११० रन बनाए। उनले यो सतकसँगै ओडिआई करिअरमा १ हजार रन पूरा गरेका छन्। उनले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए।

ओडिआई क्रिकेटमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले शतक हानेका थिए।

अर्का ओपनर कुशलले ४५ रन बनाए । कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए। दिपेन्द्र सिंह ऐरि ७ रनमा र सन्दीप लामिछाने ७ रनमा क्याच आउट भए। भीम सार्की ४४ रनमा आउट भए भने सोमपाल कामी ४ रनमा नटआउट रहे।

पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन दिए।

तपाइँको प्रतिक्रिया