शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४९ |सिड्नीको समय: १५:४९ |काठमाडौंको समय: ११:३४

काँग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै 

एएनजेड खबरमार्च ८, २०२३

ग्याँस लिक भई आगलागीमा परि गम्भीर घाइते भएका  नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ। उनको को भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ। 

सांसद भण्डारीलाई अहिले ठोस खानेकुरा समेत दिन थालिएको जनाइएको छ राम्रो सँग बोल्न सक्ने भएकाले उनलाई दिइएको अक्सिजनको मात्रा पनि  घटाइएको छ । 

उनको आगोले पोलेको दुवै हातखुट्टाको केही दिनअघि अप्रेसन गरिएको थियो। अस्पताल प्रशासनले भेटघाटमा पूर्ण प्रतिबन्ध लगाएको छ  । 

तपाइँको प्रतिक्रिया