शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०२ |सिड्नीको समय: १५:०२ |काठमाडौंको समय: १०:४७

युएईमाथि नेपालको सानदार जीत 

एएनजेड खबरमार्च ६, २०२३

२२ फागुन, काठमाडौँ । आइसिसी क्रिकेट वर्ल्डकप लिग टु अन्तर्गत आज भएको अन्तिम चरणको खेलमा नेपालले युएईलाई  ४२ रनले पराजित गरेको छ।  

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गरे पनि  नेपालको तर्फबाट भीम सार्कीले ७० रनको महत्त्वपूर्ण योगदान गरेका थिए। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १/१ विकेट लिएका थिए ।

नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । नेपाललाई  युएईले नै पराजित गरेको थियो। आजको नेपालको जीतलाई बदलाको रूपमा पनि लिन सकिन्छ। 

तपाइँको प्रतिक्रिया