शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:१३ |सिड्नीको समय: १६:१३ |काठमाडौंको समय: ११:५८

राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि 

एएनजेड खबरमार्च ६, २०२३

यही फागुन २५ गते  हुने राष्ट्रपति निर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान नसकिँदा सम्मका लागि सबै खाले प्रचारप्रसार निषेध गरिएको हो।  

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको निर्वाचन आयोगले जानकारी दिएको  छ ।  

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत,हारको पूर्वानुमान गर्न  नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोगले अनुरोध गरेको छ। 

निर्वाचन आयोगको यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको हो। 

तपाइँको प्रतिक्रिया