शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:४० |सिड्नीको समय: २०:४० |काठमाडौंको समय: १६:२५

स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य हुने

एएनजेड खबरमार्च ५, २०२३

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । 

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी हुन् ।
 
उनले  विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको  बताईन । यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् । 

आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । कार्य तालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ । यस्तै स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको तोकिएको छ ।

तपाइँको प्रतिक्रिया