शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२८ |सिड्नीको समय: १९:२८ |काठमाडौंको समय: १५:१३

 छ तला माथिबाट खसेका माधव कुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन 

एएनजेड खबरमार्च ४, २०२३

रेस्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य  सरोजकुमार उपाध्यायको निधन भएको छ। 

उनी आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेस्टुराँको छ तलामाथिबाट खसी घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार  नहुने भएपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा पु¥याइएको थियो । 

उपचारको क्रममा उनलाई साढे ५ बजे मृत घोषणा गरिएको थियो। घटनाको बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। 

नेता उपाध्याय नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

तपाइँको प्रतिक्रिया