शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:०३ |सिड्नीको समय: २१:०३ |काठमाडौंको समय: १६:४८

 लागुऔषध ओसारपसार गरेको भन्दै अष्ट्रेलियामा दुई नेपाली पक्राउ 

एएनजेड खबरमार्च ४, २०२३

अष्ट्रेलियामा लागु औषध ओसारपसार गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्। उनीहरूलाई लागु औषध ओसारपसारमा संलग्न भएको भन्दै अष्ट्रेलियाको संघीय प्रहरीले गत फेब्रुअरी २२ मा पक्राउ गरेको हो । 

 उनीहरूको साथबाट ४५० ग्राम लागु औषध सहित ब्रिसबेनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले उक्त लागु औषध ‘हेयर डायर’ को ट्युबमा राखेर सिड्नी हुँदै ब्रिजबेन पुर्‍याएको बताइएको हो। 

पक्राउ पर्ने दुवै जना २१ वर्ष उमेरका रहेको बताइएको  छ। प्रहरीले उनीहरूलाई आवस्यक कारबाहीको लागि भन्दै पाइन रिभर्स मजिस्ट्रेट कोर्टमा उपस्थित गराएको थियो। उनीहरू विरुद्ध अवैध लागु औषध ओसारपसारको मुद्दा लगाइएको छ।

 अष्ट्रेलियाको लागु औषध ओसारपसार सम्बन्धी कानुन अनुसार उनीहरू दोषी ठहरिएमा २५ वर्ष सम्मको जेल सजाय हुनसक्ने सम्भावना छ। 

तपाइँको प्रतिक्रिया