शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४३ |सिड्नीको समय: १५:४३ |काठमाडौंको समय: ११:२८

गणतन्त्र विरोधीहरूको बानेश्वरमा प्रदर्शन 

एएनजेड खबरमार्च ४, २०२३

व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँमा प्रदर्शन गरेको छ । सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै सो अभियानले प्रदर्शन गरेको हो। 

 काठमाडौँको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले नयाँ बानेश्वर चोकमा पुगेर प्रदर्शन गरेका थिए।  नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने भन्दै प्रदर्शनकारीहरूले राजतन्त्रको पक्षमा समेत नाराबाजी गरेका थिए।

 झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न सहरमा समेत प्रदर्शन गरेको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहलाई सभामा उपस्थित गराई व्यवसायी प्रसाईँले महाअभियानको सुरुवात गरेका थिए।

तपाइँको प्रतिक्रिया