शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:५६ |सिड्नीको समय: १५:५६ |काठमाडौंको समय: ११:४१

प्रचण्डलाई प्रधानमन्त्री पद नै प्रधान थियो भने यो गठबन्धनमा आइराख्न पर्दैनथ्यो : महामन्त्री थापा 

एएनजेड खबरमार्च ३, २०२३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन ब्युँताउन भूमिका खेलेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् । 

आज बाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले उस्तै परे एमालेले ५ वर्ष प्रधानमन्त्री दिन सक्ने सम्भावनालाई छाडेर आएको भन्दै उनले प्रचण्डको बचाउ गरेका थिए ,उनले भने,’ प्रचण्डलाई प्रधानमन्त्री हुने कुरा नै प्रधान थियो भने यो गठबन्धनमा आइराख्न पर्दैनथ्यो ।’

महामन्त्री थापाले राजनीतिक दलहरूले नै  राष्ट्रपतिलाई राजाको जस्तो  भद्दा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरूको पनि दोष रहेको समेत बताए। राष्ट्रपतिले हिँड्दा पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्दा नक्कल गरिएको उनको भनाई छ। 

कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘काँग्रेसको तर्फबाट महामन्त्रीको हैसियतमा भन्छु, आठ दलीय गठबन्धनमा जे समझदारी भएको छ, काँग्रेस सबभन्दा बढी जिम्मेवारीका साथ त्यसमा प्रतिबद्ध रहन्छ ।’

तपाइँको प्रतिक्रिया