शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:१३ |सिड्नीको समय: १५:१३ |काठमाडौंको समय: १०:५८

स्ववियु निर्वाचनलाई लिएर नेविसंघमा कुटाकुट,पूर्व कोषाध्यक्षको टाउको फुट्यो

एएनजेड खबरमार्च ३, २०२३

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाली कांग्रेस समर्थित भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा आन्तरिक कुटाकुट भएको छ। स्ववियु निर्वाचनलाई लिएर संस्थापन र इतर पक्षको विवाद चुलिदा हिजो कुटाकुट भएको हो ।

स्ववियु निर्वाचनका लागि दुवै पक्षले प्रतिनिधि खटाएपछि विवाद बढेको थियो। सोही विवाद मिलाउन भन्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बसेको बैठकमा विवाद चर्किदा एक आपसमा कुटाकुट भएको हो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको सस्थापन इतर पक्षले आरोप लगाएको छ । पूर्व कोषाध्यक्ष शिव रिमाल कुटपिटबाट घाइते भएका छन् । उनलाई टाउकोमा गम्भीर चोट लागेका कारण स्टार अस्पतालमा भर्ना गरिएको छ।

अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराईलाई तोकेका थिए तर नेता शेखर कोइराला पक्षधरले पनि प्रवीण कैनीलाई प्रतिनिधि बनाएपछि दुई पक्षबीच विवाद बढेको थियो ।

तपाइँको प्रतिक्रिया