शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३३ |सिड्नीको समय: २०:३३ |काठमाडौंको समय: १६:१८

‘नया’ले आगामी शनिवार सिड्नीमा क्रुज पार्टी गर्ने 

एएनजेड खबरमार्च ३, २०२३

अस्ट्रेलियामा रहेका युवाहरूको सङ्गठित सामाजिक संस्था ‘नेप्लिज अस्ट्रेलियन  यूथ एसोसिएसन’  ‘नयाँ’ले सिड्नीमा क्रुज पार्टी कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त संस्थाले आगामी शनिवार क्रुज पार्टी  आयोजना गर्न लागेको संस्थाका अध्यक्ष निजन चौलागाईंले जानकारी दिनु भयो।  विभिन्न सामाजिक तथा सामुदायिक कार्यमा सहयोग गर्दै आएको सो संस्थाले लामो समयको अन्तराल पछि यो क्रुज पार्टी आयोजना गर्न लागेको  हो। 

कोरोना महामारीका कारण ४ वर्ष देखि रोकिएको सो कार्यक्रमलाई यस बर्सबाट सुरु गर्न लागेको बताइएको छ।  कार्यक्रममा समाजका विभिन्न प्रभुत्व व्यक्तिहरूको सहभागी हुने अध्यक्ष चौलागाईंले एएण्डजेड खबरलाई जानकारी दिनु भएको छ। त्यस्तै यस संस्थाले आयोजना गरेको क्रुज पार्टी कार्यक्रममा सहभागीहरूले क्रुजमा  सिड्नी वरपर  ४ घण्टासम्म सयर गर्न पाउने छन् ।  

संस्थाका महासचिव सत्यप्रकाश कँडेलले विगतमा कोभिड-१९  लगायतको विविध कारणले यस कार्यक्रम आयोजना गर्न नसकिएको भए पनि अहिले यस कार्यक्रम गर्नलाई आफूहरू तयार रहेको बताउनु भयो । च्यारिटेबल कार्यक्रम संयोजक एवं युवा अभियन्ता अर्जुन गौतमले नयाँ कार्यसमितिले यस कार्यक्रमलाई भव्यताका साथ सफल पार्ने र समाजका सबै क्षेत्रको उल्लेखनीय सहभागिता रहने आशा गरिएको एएण्डजेड खबरलाई जानकारी दिनु भयो। 

नयाँले स्थापना भएदेखि नै युवा र समुदायका लागि धेरै सामाजिक तथा सामुदायिक कार्यहरू गर्दै आएको छ, यसका केही कामहरूमा भलिबल, क्रिकेट, बास्केटबल, रक्तदान, महिला सशक्तिकरण, जुवाविरुद्धको सामाजिक चेतना जस्ता विभिन्न खेलकुद गतिविधिहरू समावेश छन्।

सामाजिक कार्यलाई निरन्तरता दिन ‘नयाँले यस वर्षको क्रुज पार्टीको कोष संकलन कार्यक्रम ११ मार्च, शनिबार बेलुका ६ बजेदेखि १० बजेसम्म, साँझ ५ बजे बोर्डिङमा आयोजना गर्दैछ । टिकटहरू अनलाइन मार्फत उपलब्ध हुनेछ। 

आगामी शनिवार हुने सो कार्यक्रममा  एडल्टको लागी ७० डलर र अभिभावकहरूको लागि ४० डलर शुल्क तोकिएको छ। त्यस्तै १५ वर्ष मुनिका बालबालिकाहरूको लागि पनि ४० डलर शुल्क निर्धारण गरिएको छ। 

तपाइँको प्रतिक्रिया