शुक्रबार, मंसिर २८, २०८१ |Fri Dec, 2024
अक्ल्याण्डको समय: १२:२५ |सिड्नीको समय: १०:२५ |काठमाडौंको समय: ०५:१०

नेपालले आईसीसी यू–१९ विश्वकपमा छनोट

एएनजेड खबरमार्च २, २०२३

नेपालले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ। आज भएको निर्णायक खेलमा यूएईलाई ७ रनले हराउदै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । नेपालले दिएको १९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनायो ।

१९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुग्यो ।

पहिला ब्याटिङ गरेको नेपालले कप्तानमा देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ देव र उत्तम थापा मगरले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

देवले ८४ बल खेल्दै ३ चौका र १ छक्कासहित ५१ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए । मध्यक्रममा आएका विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए ।

दिपेश कँडेल १५ रन बनाए भने हेमन्त धामीले १३ रन जोडे । यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २-२ विकेट लिए ।

आजको जीत संगै सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको विश्वकप क्रिकेट खेल्न लागेको हो ।

तपाइँको प्रतिक्रिया