शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३४ |सिड्नीको समय: १९:३४ |काठमाडौंको समय: १५:१९

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

एएनजेड खबरसेप्टेम्बर ९, २०२२

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार अभियोगमा आज जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेलगत्तै क्यानले सन्दीपलाई निलम्बन गरेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आज विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपलाई निलम्बन गरेको जानकारी दिएका हुन् ।

आज बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले कप्तान सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । यसअघि क्यानले आरोप लाग्नेबितिक्कै निलम्बन गर्न नपर्ने अनौपचारिक निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया