शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:३३ |सिड्नीको समय: ०१:३३ |काठमाडौंको समय: २१:१८

जसपाले तीन मन्त्री फिर्ता बोलायो

एएनजेड खबरजुलाइ ४, २०२२

काठमाडौं – जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठ वाहेकका मन्त्री लाई सरकार वाट फिर्ता बोलाएको छ । अध्यक्ष उपेन्द्र यादवले आज नयाँ मन्त्रीहरुको सुचि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन ।
कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।
नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको छ ।
संघिय परिषद अध्यक्ष डा . वावुराम भट्टराई संग विवाद चुलिएको वेला मन्त्रीहरु फिर्ता बोलाइएको हो । जसपा विभाजित हुने लगभग निश्चित भइसकेको छ ।

तपाइँको प्रतिक्रिया