शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:५७ |सिड्नीको समय: १९:५७ |काठमाडौंको समय: १५:४२

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

एएनजेड खबरजुन २१, २०२२

काठमाडौं – सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौतालाई फिर्ता लिने प्रक्रिया अघि बढाउन सेनालाई निर्देशन दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय समावेश भएको ‘१० बुँदे मस्यौदा’ सार्वजनिक भएपछि यसको चर्को विरोध भयो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मै एसपीपीमा सहभागी गराउन आग्रह गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएपछि परिस्थिति फेरियो ।

तपाइँको प्रतिक्रिया