शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१४ |सिड्नीको समय: २०:१४ |काठमाडौंको समय: १५:५९

जसपा नेपाल र राजपा लोकतान्त्रिक विच एकिकरण

एएनजेड खबरजुन १२, २०२२

काठमाडौं – राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी (जसपा) नेपालमा विलय भएको छ। जनकपुरमा आइतबार आयोजित कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो।

मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले बताए। एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत जसपा राजपा लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

तपाइँको प्रतिक्रिया