शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०० |सिड्नीको समय: १६:०० |काठमाडौंको समय: ११:४५

बसको ठक्करबाट सहचालकको मृत्यु

एएनजेड खबरजुन १०, २०२२

काठमाडौं– भारतको सिलगढीतर्फ जाँदै गरेको बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ। बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्काका २३ वर्षका जनक दाहाललाई ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। काठमाडौंबाट छुटेको बसले आज बिहान करिब ४ बजेतिर इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक पृथ्वी राजमार्गमा सहचालकलाई ठक्कर दिएको थियो।

शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ। बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन्।

तपाइँको प्रतिक्रिया