शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०२:५९ |सिड्नीको समय: ००:५९ |काठमाडौंको समय: २०:४४

बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयको पुनः अवरोध

एएनजेड खबरजुन ७, २०२२

काठमाडौं -सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।
तर बिहानै त्यहाँ पुगेका गाडीहरूबाट स्थानीयले फोहोर विसर्जन गर्न दिएनन्।

तपाइँको प्रतिक्रिया