शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

अस्ट्रेलियाको नयाँ सरकारमा १३ महिला मन्त्रीहरू समावेश

एएनजेड खबरजुन १, २०२२

अस्ट्रेलिया – अस्ट्रेलियाको नयाँ सरकारले बुधबार कीर्तिमानी राख्दै पहिलोपटक मुस्लिम महिलासहित १३ जना महिलालाई मन्त्रीको रूपमा शपथ खुवाएको छ । लेबर पार्टी एक्लैले बहुमत ल्याएसँगै बनेको प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको मन्त्रिपरिषद विस्तार भएर ३० सदस्यीय बनेको हो ।  

अल्बानिज र विदेशमन्त्री पेनी वोङले टोकियोमा भएको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भाग लिन गत हप्ताको सुरुमा नै शपथ लिएका थिए । उपप्रधानमन्त्रीको जिम्मेबारी सहित रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नुभएको छ भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ। मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरिएको थियो । पहिलो दिन नियुक्त सबैले मे २३ मा नै सपथ लिएका थिए। मङ्गलबार मन्त्रीमा नियुक्त भएकालाई आज सपथ खुवाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

“अस्ट्रेलिया जस्तै विविध समावेशी सरकारको नेतृत्व गर्न पाउँदा गर्व लागेको छ,” प्रधानमन्त्री अल्बानिजले ट्विटरमा लेखेका छन् ।
एनी अलीले अस्ट्रेलियाको पहिलो महिला मुस्लिम मन्त्रीको रूपमा शपथग्रहण गरेकी छन् भने एड हसिक क्याबिनेटमा सेवा गर्ने पहिलो मुस्लिम बनेका छन् । 

गत महिनाको निर्वाचनको केही मत गणना हुन बाँकी छ । तर, लेबर पार्टीले १५० सिट भएको सदनमा स्पष्ट बहुमत ल्याउन पर्याप्त सिटहरू प्राप्त गरेको छ ।

तपाइँको प्रतिक्रिया