शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१९ |सिड्नीको समय: २०:१९ |काठमाडौंको समय: १६:०४

तारा एयर दुर्घटना : सबैको शव काठमाडौँ ल्याइयो

एएनजेड खबरमे ३१, २०२२

काठमाडौं– तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै जनाको शब काठमाडौं ल्याइएको छ । आज थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।
विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो ।

तपाइँको प्रतिक्रिया