शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:१६ |सिड्नीको समय: १५:१६ |काठमाडौंको समय: ११:०१

आज गणतन्त्र दिवस

एएनजेड खबरमे २९, २०२२

काठमाडौं– आज जेठ १५ अर्थात् गणतन्त्र दिवस। विभिन्न कार्यक्रम आयोजना गरी देशभर गणतन्त्र दिवस मनाइँदैछ।
यसैक्रममा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनालगायतको उपस्थिति थियो ।
नेपाली सेनाको हेलिकप्टरबाट पृष्पवृष्टिसहित कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न झाकी देखाएका थिए।

तपाइँको प्रतिक्रिया