शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:५८ |सिड्नीको समय: १५:५८ |काठमाडौंको समय: ११:४३

२५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सरकारको निर्णय

एएनजेड खबरमे २५, २०२२

काठमाडौं‌ – सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्न  नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेकाे छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले जेठ ११ गते आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्जुअल माध्यमबाट हुने १४औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।  

लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढ्वा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया