शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:२७ |सिड्नीको समय: ०१:२७ |काठमाडौंको समय: २१:१२

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

एएनजेड खबरमे २४, २०२२

काठमाडौं – छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबेलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कलेजका शिक्षक जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइएको हो । उनी कलेजका को-अर्डिनेटर हुन्।

उनले कलेजका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ। शिक्षकमाथि कारबाहीको माग गर्दै आज बिहान कलेज परिसरमा विद्यार्थीहरूले प्रदर्शन समेत गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया