शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०३ |सिड्नीको समय: १५:०३ |काठमाडौंको समय: १०:४८

वीरगन्जको प्रमुखमा राजेशमान सिंह निर्वाचित

एएनजेड खबरमे २४, २०२२

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् ।

सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले विजयी भएका छन् । वीरगञ्ज महानगरका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा काँग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

तपाइँको प्रतिक्रिया