शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:१५ |सिड्नीको समय: १६:१५ |काठमाडौंको समय: १२:००

७०५ स्थानीय तहको नतिजा घोषणा

एएनजेड खबरमे २२, २०२२

काठमाडौं – गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बिहान साढे ११ बजेसम्म ७०५ स्थानीय तहको मत परिणाम आइसकेको छ । अब ४५ स्थानीय तहको मात्र मत परिणाम आउँन बाँकी छ । जसमध्ये पाँच महानगरपालिका र अन्य स्थानीय तह बाँकी छन् ।

नेपाली कांग्रेसले अहिलेसम्म ३११ सिट जितेर पहिलो पार्टी बनेको छ । उसको अझै १४ स्थानीय तहमा अग्रता देखिन्छ ।
नेकपा एमाले अहिलेसम्म १९० स्थानीय तहमा जितेर दोस्रो हैसियतमा छ । उसको अझै १६ स्थानीय तहमा अग्रता छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले यसपटक पनि आफ्नो पोजिसन कायम राखेको छ । तर, स्थानीय तहतर्फ भने माओवादीले परिणाम बढी निकालेको छ । उसले अहिलेसम्म १२० स्थानीय तह जितेको छ भने अझै २ स्थानीय तहमा उसको अग्रता देखिन्छ ।
जनता समाजवादी पार्टीले आफ्नो चौथो स्थान कायम राख्दै अहिलेसम्म २७ स्थानीय तहमा जित निकालेको छ । अझै चार स्थानीय तहमा उसको अग्रता छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले पाँचौँ पार्टीको हैसियत बनाएको छ । नेकपा एसले अहिलेसम्म १७ स्थानीय तहमा जित निकालेको छ भने अरु दुई स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी ले १२ स्थानीय तहको नेतृत्वमा जित निकालेको छ भने अरु पाँच ठाउँमा अग्रता काम राखेर छैटौं दलको हैसियत बनाएको छ ।

तपाइँको प्रतिक्रिया