शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:५५ |सिड्नीको समय: १५:५५ |काठमाडौंको समय: ११:४०

विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला विजयी

एएनजेड खबरमे २१, २०२२

काठमाडौं– विराटनगर महानगरपालिको प्रमुख पदमा सत्ता गठवन्धनका नागेश कोइराला विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार कोइरालाले आठ हजार ७१५ मतको अग्रतासहित ३० हजार १७० मत प्राप्त गरे । त्यसैगरी, उपप्रमुख मा नेकपा (एमाले) का उम्मेदवार शिल्पा निराला कार्की ११ हजार ४६१ मत अन्तरसहित कुल २५ हजार ८६० मत प्राप्त गरी विजयी भइन ।
प्रमुख कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले आठ हजार ७९५ मत प्राप्त गरे । राप्रपाका प्रल्हादप्रसाद साहले पाँच हजार २१६ मत पाए ।
उपप्रमुखमा एमालेका उम्मेदवार कार्कीसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित भए । यादवले कुल १४ हजार २१९ मत प्राप्त गरे । उपप्रमुखमै राप्रप्राकी विन्दा लुईटेल आचार्यले ६ हजार ४०१ मत ल्याइन ।

तपाइँको प्रतिक्रिया