शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:४४ |सिड्नीको समय: ०१:४४ |काठमाडौंको समय: २१:२९

सर्लाहीको हरिपुर नगरपालिकामा कांग्रेसका पञ्जियार निर्वाचित

एएनजेड खबरमे १६, २०२२

 काठमाडौं – सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन् । उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए ।

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी नीलम राय यादव ५ हजार ५८३ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रत्यासी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन् ।

तपाइँको प्रतिक्रिया