शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:०७ |सिड्नीको समय: २०:०७ |काठमाडौंको समय: १५:५२

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी

एएनजेड खबरमे १५, २०२२

डोटी- डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद २ हजार ३४३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।साउदका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार डम्मरी विष्टले २ हजार ४०७ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरेकी छन् ।

पाँच वडा रहेको बडीकेदार गाउँपालिकामा दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

तपाइँको प्रतिक्रिया