शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:०४ |सिड्नीको समय: ०१:०४ |काठमाडौंको समय: २०:४९

गुल्मीदरवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

एएनजेड खबरमे १५, २०२२

काठमाडौं -गुल्मीको गुल्मीदरवार गाउँपालिका कांग्रेसले जितेको छ । नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।
गाउँपालिकाको अध्यक्षमा सरोज थापा निर्वाचित भएका छन् । उनले ६ हजार १६६ मत प्राप्त गरे । उनकी प्रतिष्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत प्राप्त गरे ।
यता, उपाध्यक्षतर्फ कांग्रेस उमेदवार तारा थापा विजयी भइन् । उनले ६१८८ मत प्राप्त गर्दा एमाले उमेदवार सुशिलाा पुनले ५ हजार ५८९ मत प्राप्त गरिन् । ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले विजयी भयो ।

तपाइँको प्रतिक्रिया