शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:२८ |सिड्नीको समय: १५:२८ |काठमाडौंको समय: ११:१३

मनाङमा काँग्रेस–एमाले बराबर

एएनजेड खबरमे १४, २०२२

काठमाडौं -मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो । यो जिल्लामा नेपाली काँग्रेस नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो भने चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको हो
चामे र मनाङ डिस्याङमा क्रमशः लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् । यसैगरी नार्पा र नाँसो गाउँपालिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।​ चामेमा घलेले ३२० मत ल्याएर विजय भए भने डिस्याङमा कान्छा घलेले ८६१ मत पाए ।
यस्तै नार्पामा कोन्जोले १५८ तथा नाँसोमा धनबहादुर निर्विरोध निर्वाचित भएका हुन् ।

तपाइँको प्रतिक्रिया