शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०४ |सिड्नीको समय: १५:०४ |काठमाडौंको समय: १०:४९

नासो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

एएनजेड खबरमे १४, २०२२

काठमाडौं- मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत प्राप्त गरि एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । एमालेका अध्यक्ष उम्मेदवार मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए । उपाध्यक्ष पनि सत्तागठबन्धनले जितेको छ । माओवादी केन्द्रका बेदबहादुर गुरुङले ९ सय १३ मत ल्याएर विजयी भए । उनले अर्विन गुरुङलाई पराजित गरेका हुन् । पराजित गुरुङले ४ सय ९६ मत ल्याएका छन् ।

तपाइँको प्रतिक्रिया