शुक्रबार, फागुन २, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: ०६:३४ |सिड्नीको समय: ०४:३४ |काठमाडौंको समय: २३:१९

साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

एएनजेड खबरमे १०, २०२२

काठमाडौं– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  प्रहरीले जनाएको छ। 
एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु केही समयअघि देखि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा हुन।

तपाइँको प्रतिक्रिया