कांग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित
एएनजेड खबरअप्रिल २९, २०२२
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2022/04/1524214663_congresscentraloffice.jpg)
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2022/04/Congrss-Statetment.jpg)
तपाइँको प्रतिक्रिया