शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१४ |सिड्नीको समय: १९:१४ |काठमाडौंको समय: १४:५९

११ औँ पटक नरसिंह व्यञ्जनकारद्वारा वडाध्यक्षमा उम्मेदवारी दर्ता

एएनजेड खबरअप्रिल २४, २०२२

काठमाडौं– ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् ।
८१ वर्षका व्यञ्जनकार विसं २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो ।
व्यञ्जनकार भन्छन्, ‘मैले सुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’

तपाइँको प्रतिक्रिया