शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:३७ |सिड्नीको समय: १४:३७ |काठमाडौंको समय: १०:२२

सत्ता गठवन्धन दलले बनाए उम्मेदवार छनोटको मापदण्ड

एएनजेड खबरअप्रिल १३, २०२२

काठमाडौं – सत्ता गठवन्धन दलहरुले वैसाख ४ गते सम्म उम्मेदवार टुङ्गाउने भएका छन । सत्ता गठवन्धन दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

यस अघि सत्ता गठवन्धन दलहरुले चुनावी गठवन्धन गर्ने वारे संयुक्त विज्ञप्ती जारी गरेका थिए । सत्तारुढ दलले उम्मेदवार चयन गर्ने आधार र मापदण्ड समेत तपार पारेका छन । ती मापदण्ड स्थानिय संयन्त्रलाई पठाइएको छ ।

स्थानीय संयन्त्रहरूलाई पठाइएका मापदण्ड यस प्रकार छन् ।

१ः महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने ।

२ः नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३ः सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४ः प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई पतिनिधि रहने ।

५ः प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

६ः सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू

१ः २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने ।

२ः गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने

३ः २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

४ः २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने ।

५ः गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने ।

तपाइँको प्रतिक्रिया