शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०० |सिड्नीको समय: १५:०० |काठमाडौंको समय: १०:४५

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शाहबाज सरिफ

एएनजेड खबरअप्रिल १२, २०२२

काठमाडौं – पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ पाकिस्तानको  २३औं प्रधानमन्त्री चयन भएका छन् । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो । सहबाजले यसअघि पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका छन् ।  प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए । तर तहरिक ए इन्साफका सांसदले संसद नै बहिस्कार गरे ।

सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् । प्रधानमनत्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।

तपाइँको प्रतिक्रिया