शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३३ |सिड्नीको समय: १९:३३ |काठमाडौंको समय: १५:१८

निर्वाचन आयोगले शशांकसंग माग्यो स्पष्टीकरण

एएनजेड खबरअप्रिल ११, २०२२

काठमाडौं– निर्वाचन आयोगले नेपाली काँग्रेस पूर्वमहामन्त्री डा.  शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ।

बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।

तपाइँको प्रतिक्रिया