सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १६:२७ |सिड्नीको समय: १४:२७ |काठमाडौंको समय: ०९:१२

मालपोत कार्यालयका प्रमुख ५ लाख घुससहित पक्राउ

एएनजेड खबरअप्रिल ११, २०२२

काठमाडौं– मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् ।
सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

तपाइँको प्रतिक्रिया