शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४० |सिड्नीको समय: १५:४० |काठमाडौंको समय: ११:२५

२० देशमा राजदूत सिफारिस, अस्ट्रेलियाका लागि कैलाश पोखरेल

एएनजेड खबरअप्रिल ८, २०२२

काठमाडौं – सरकारले २० देशमा राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गठबन्धनमा रहेका दलहरूको प्रतिनिधित्व हुनेगरी राजदूतमा सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
चीनका लागि विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् । यसैगरी दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि वासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर, अस्ट्रेलियाका लागि कैलाश पोखरेल सिफारिस भएका छन् ।
यस्तै मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि रामसुरज राय यादव र साउदी अरबका लागि नवराज सुवेदी सिफारिस भएका छन् ।
यसैगरी घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तिर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस भएको छ । तर उनीहरू कुन देशका लागि भन्ने खुल्न सकेको छैन ।
राजदूतमा सिफारिस भएकाहरूको अब संसदीय सुनुवाइ हुने छ । समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्ति हुने छ ।

तपाइँको प्रतिक्रिया