शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०२:५१ |सिड्नीको समय: ००:५१ |काठमाडौंको समय: २०:३६

प्रधानमन्त्री स्वदेश फिर्ता

एएनजेड खबरअप्रिल ४, २०२२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा   तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका देउवालाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरूले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसरमा नेपाली सेनाले देउवालाई सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहेका थिए ।

तपाइँको प्रतिक्रिया