शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१३ |सिड्नीको समय: १९:१३ |काठमाडौंको समय: १४:५८

निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ – राणा

एएनजेड खबरमार्च २४, २०२२

काठमाडौं– नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा.देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा काँग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् । 

नेतृ डा.राणाले भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरू सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’

उनले भनिन्, ‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’ 

तपाइँको प्रतिक्रिया