शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:१९ |सिड्नीको समय: १५:१९ |काठमाडौंको समय: ११:०४

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

एएनजेड खबरमार्च २१, २०२२

काठमाडौं – आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विमस्टेक बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा समिति बनाउने निर्णय भएको जानकारी दिए । सोमबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता कार्कीले नेपाल पारावान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको पनि बताए ।

१) आर्थिक वर्ष २०७९/८० को प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व वाँडफाँडको ढाँचा र हिस्सा एवम् वित्तिय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने ।

२) नेपाल पारावहान तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रवन्धकमा भानु नगरपालिका ९ तनहुँ निवासी प्रेमराज भण्डारीलाई नियुक्त गर्ने ।

३) विद्युत् नियमन आयोगको रिक्त सदस्य पदमा ललितपुर महानगरपालिका २७ निवासी गौतम डंगोललाई नियुक्त गर्ने ।

४) हाइलेज एक्सपोर्ट नेपाल टु चाइना सम्बन्धी समझदारी पत्रमा नेपालको तर्फबाट चिनियाँ समकक्षीसँग हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई स्वीकृत दिने ।

५) खानेपानी मन्त्रालय र अन्तर्गत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृत प्रदान गर्ने ।

६) प्रहरी १० औँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने ।

७) पाँचौ विमस्टेक शिखर सम्मेलनमा विमस्टेक वडापत्रलगायत अन्य दस्तावेजहरूमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने ।

८) श्रीलंकाको कोलम्बोमा २०७८ चैत १६ मा आयोजना हुने विमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलनमा प्रधानमन्त्रीबाट भर्चुअल रूपमा सहभागिता जनाउन र विमस्टेक मन्त्रीस्तरीय बैठक र विमस्टेक परराष्ट्र सचिव वरिष्ठ पदाधीकारीहरूको बैठकमा क्रमशः परराष्ट्र मन्त्री र परराष्ट्र सचिवले भौतिक रूपमा सहभागिता जनाउन नेपाली प्रतिनिधि मण्डल गठन गर्ने ।

९) आगामी जेठ १९ देखि २० गतेसम्म स्वीडेनको स्टकहोममा हुने एलडीसी इगेजमेन्ट स्ट्राटेजी कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री रामसाहप्रसाद यादव र सचिव डा. प्रेम नारायण कडेललाई स्वीकृत दिने ।

१०) चैत १४ गते दुवइको एटलान्टिस द प्लाममा हुने हाइलेभल सेगमेन्ट अफ द मिडलइस्ट नर्थ अफ्रिका क्लाइमेट विक २०२२ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री रामसाह प्रसाद यादवलाई स्वीकृत दिने ।

११) चैत १० देखि १३ गतेसम्म भारतको हैदरावादमा आयोजना हुने विग्स इन्डिया २०२२ नामक कार्यक्रम र चैत ११ गते आयोजना हुने मिनिस्टेरियल सेसनमा भाग लिन पर्यटनमन्त्री प्रेम आलेलाई स्वीकृत दिने ।

१४) पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पदमा रक्की थेवेलाई तोक्ने ।

१५)  साविक विराटनगर नगरविकास समितिको क्षेत्र संसोधनगरी हालको विराटनगर महानगरपालिकाको चार किल्लाभित्र सिमिति हुनेगरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगर विकास समिति गठन गर्ने ।

१६) कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने ।

१७) चैत ७ गते यूएन हाविटेटद्वारा प्री मिटिङ अन द इम्प्लीमेन्टेसन अफ द न्यू अर्वान एजेन्डा विषय भर्चुअल बैठकमा सहभागिता जनाउन सहरीविकासमन्त्री रामकुमारी झांक्रीलाई स्वीकृती दिने ।

१८) आयुर्वेद विभाग पूर्वाअञ्चल क्षेत्रीय आर्यूवेद चिकित्सालय नाम रहेको भवनसहित भौतिक संरचना प्रदेश–१ सरकारलाई उपलव्ध गराउने ।

तपाइँको प्रतिक्रिया