शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३१ |सिड्नीको समय: १९:३१ |काठमाडौंको समय: १५:१६

नेपालमा थप ८३ जनामा कोरोना पुष्टि

एएनजेड खबरमार्च १५, २०२२

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८८४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन । सोही अवधिमा १३० जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७३४ जना र एन्टिजेन विधिबाट ३ हजार १५० जनामा परीक्षण भएको थियो । जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबाट भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

तपाइँको प्रतिक्रिया