शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:२३ |सिड्नीको समय: २१:२३ |काठमाडौंको समय: १७:०८

राष्ट्रपति र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

एएनजेड खबरमार्च १५, २०२२

काठमाडौं – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।
उनी दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन ।

तपाइँको प्रतिक्रिया