शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:१९ |सिड्नीको समय: १५:१९ |काठमाडौंको समय: ११:०४

नेपालमै पहिलोपटक छाती नचिरी मुटुको सफल शल्यक्रिया

एएनजेड खबरमार्च ५, २०२२

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

शुक्रबार पत्रकार सम्लेलन गरी केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८० वर्षीया महिलाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको र शुक्रबार डिस्चार्ज गरी घर पठाउन सफल भएको बताए । टिएभीआई प्रविधिबाट मुटुको भल्ब सफल रुपमा प्रत्यारोपण गरिएको उनले निर्देशक डा. अधिकारीले यस उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरबाट मानव निर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने बताए । प्रत्यारोपण भएको भल्बले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीले चाँडै निको भएको महशुश गर्ने चिकित्सकहरुको भनाइ छ ।

यस्तै बिरामीलाई बेहोस गरि छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्यक्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृत्युदर कम हुने अध्ययनले देखाएको छ ।

तपाइँको प्रतिक्रिया