शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२६ |सिड्नीको समय: १९:२६ |काठमाडौंको समय: १५:११

सत्तारूढ गठबन्धन एमसीसी अनुमोदन गर्ने क्रममा गैरजिम्मेवार देखिएको एमालेको आरोप (पूर्णपाठ)

एएनजेड खबरमार्च १, २०२२

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेअमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सत्तारुढ दलले फिँजाएका भ्रम, विभिन्न रङ र पुलिन्दा निर्माण गरी बिक्री गर्न खोज्दा द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी ऋण वा अनुदान सहायता प्राप्त हुुने प्रक्रियामा गैरजिम्मेवारपन देखाएको आरोप लगाएको छ ।
पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

“प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयनको प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता गठनन्धनका कही नेताहरूमा रहेको अज्ञानता वा गैरजिम्मेवापन प्रकट भएको छ,” एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभाबाट फागुन १५ गते पास भएको छ ।

तपाइँको प्रतिक्रिया